समुद्रमा डुबेर मृत्यु भएकी श्रिस्टीको सव नेपाल लैजाने तयारि सम्बन्धमा प्रतिष्ठा केसी सँगको कुराकानी
Tilak Pokharel
सुन्दर भबिष्य र उच्च शिक्षाका लागि अष्ट्रेलियाको सिड्नी आई पुगेकी सृष्टी भण्डारी आएको १३ दिनमा नै उनको मृत्यु भएको छ। बिराटनगरमा जन्मिएर काठमाण्डौंमै हुर्केकि उनी परिवारकि एक्ली छोरी थिईन । सिड्नीको मरुब्रा बिचमा गत मंगलबार बिहान करिब ६ बजे मृत अवस्थामा भेटिएकी उनको मृत खवरले सारा नेपालीहरु सोक र पिडामा डुबेका छन् । उनले लगाएका सबै कपडा र गोजीमा मोवाईल फोन सहित मृत अवस्थामा भेटिएकी उनको शरिर अहिले प्रहरीले पोष्टमाटमा का लागि राखिएको जनाएको छ।
श्रृष्टि भण्डारीको शव नेपाल लैजानका लागि सहयोग संकलन समेत सुरु गरिएको छ । गो फन्डमी मार्फत गरिएको सहयोगमा आह्वानमा २४ घण्टा नबित्दै १० हजार भन्दा बढी अस्ट्रेलियन डलर संकलन भइसकेको छ । भण्डारीकी बुबाआमा र आफन्त भिसा प्रक्रिया र अन्य कारणबाट तत्कालै यहाँ आउन नसक्ने भएपछि छोरीको शव नेपाल पठाइदिन अनुरोध गरे अनुसार सहयोग संकलन गरी नेपाल पठाउन लागिएको हो ।
गो फन्डमी मा सहयोग संकलनको सुरुवात मेलबर्न निबासी प्रतिष्ठा के सी ले गर्नु भएको हो। प्रतिष्ठा श्रृष्टि भण्डारीकि आफन्त समेत हुनुहुन्छ। यसै बारेमा थप जानकारी लिने उद्देस्यले मैले प्रतिष्ठा के सी सँग कुरा गरेको थिए। उक्त कुराकानीको मुख्य मुख्य अंस।