Pako Festa 2018, Geelong

Tilak Pokharel

[PODCAST]

प्रत्येक बर्ष फेब्रुवरी महिनाको अन्तिम सनिबार हुने उक्त फेस्टिभल गत हप्ता जिलोङ्गमा सम्पन्न भएको छ। १९८३ बाट सुरु भएको पाको फेस्टा अहिले सम्म आइपुग्दा अस्ट्रेलिया भरिकै निसुल्क प्रबेस पाइने फेस्टिभल मध्धे सबै भन्दा ठुलो बहु सांस्कृतिक फेस्तिभल बन्न पुगेको छ । पहिलो बर्षमा जम्मा १२००० जनाले सहभागिता जानेको उक्त फेस्टिभल अहिले सम्म आइपुग्दा १ लाख भन्दा बढीले सहभागिता जनाउने गर्दछन।

पाको फेस्टाको आयोजक Diversistant का अनुसार यो फेस्टामा बर्सेनि लगभग ४५ जातीय समुदाय र ६० अन्य सामुदायिक संस्था ले भाग लिने गर्छन। त्यो मध्धेको एउटा समुदाय नेपालि समुदाय पनि हो।

बिगत केहि वर्ष देखि आफ्नो सहभागिता जनाउदै आएको नेपाली समुदायको प्रतिनिधित्व जिलोङ्ग स्थित Geelong Nepalese Association (GeNA) ले गर्दै आएको छ।

पाको फेस्टाको आकर्षण पाको परेड हो। उक्त परेडमा लगभग १०० जना नेपालिहरु आ-आफ्नो सास्कृतिक पोसाकमा सहभागिता भएका थिए। साथमा नेपालि झन्डा र भिभिन्न ब्यानरहरु प्रदर्सन गरिएको थियो। यस वर्ष को बिसेष आकर्षण रहेको किराती भाषाका विभिन्न संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। अस्ट्रेलियामा आफ्नो सस्कृति जगेर्ना गर्न लागि परेको किरात सोसाइटि ऑफ भिक्टोरिया को प्रस्तुतिलाई नेपालि मात्र नभएर बिदेशीहरुले पनि प्रसंसा गरेका थिए।



[There are no radio stations in the database]
Share
Share on Facebook
Share on Twitter
Share on Google+
Share on Pinterest
Love